search

प्रसौनी गापा अध्यक्ष जैसवालको एक वर्ष सक्यो, पूर्वाधार र शिक्ष्Fामा विशेष जोड

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ९ जेठ/

बाराको प्रसौनी गाउँपालिकाका जनप्रतिनिधिहरूको एक वर्ष कार्यकाल सकिएको छ ।

एक वर्षको प्रगति विवरणको बारेमा गाउँपालिकाले पत्रकार सम्मेलन गरि योजनाहरूको बारेमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गापा अध्यक्ष जैसवालले चालु आवमा ४९ करोड २७ लाख २५ हजार कुल बजेट रहेकोमा चालु आवको १० महिनामा ५० प्रतिशत खर्च भइसकेको र बाँकी दुई महिनामा गरि कुल खर्चको प्रतिशत ७० पु¥याउने लक्ष्य रहेको बताए । गापाले चालु तर्फ २४ करोड ८२ लाख, पूँजीगत तर्फ २४ करोड ४४ लाख बजेट विनियोजन गरेकोमा खर्च तर्फ चालुमा १५ करोड ५९ लाख, पूँजी तर्फ ९ करोड ५ लाख गरि २४ करोड ६५ लाख खर्च गरि सकेको बताइएको छ ।

उनले आफ्नो कार्यकालमा विशेषगरि गापा अन्तर्गतको सातवटा वडामा भौतिक पूर्वाधार, गापा कार्यालय भवन, वडा कार्यलय भवन, स्वास्थ्य चौकी भवनको निर्माण तथा स्तरोन्नतिलगायत योजनाहरू सम्पन्न गरेको बताएका छन् ।

त्यसैगरी पछिल्लो १० महिनामा गापा अन्तर्गतको विभिन्न सडक ढलान, प्रसौनी बजारको पानी निकासको लागि नाला निर्माण, बङ्गरी नदी कजवे निर्माण, निश्शुल्क एम्बुलेन्स सञ्चालन, निश्शुल्क रगत प्रदान, बङ्गरी नदी नियन्त्रण, दश बेडको प्राथमिक अस्पताल निर्माण, विभिन्न धर्मावलम्बीहरूको लागि मन्दिर, मस्जिद, धर्मशाला, सभाहल निर्माण कार्य शुरू लगायतको योजनाहरू गरिएको छ । शिक्षाको लागि गापा अन्तर्गतको १३ वटा विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरू गरिएको र रोजगारी सिर्जनाको लागि लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सैनिक प्रहरीलगायतको कक्षा सञ्चालन गरेको, कृषि मिटरको बिलमा अनुदान दिनेलगायत योजनाले प्रसौनी गाउँपालिकाको विकासमा टेवा पुग्ने कार्यमा प्रसौनी गापाका जनप्रतिनिधिहरू तत्पर रहेको जानकारी गराए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads