search

शिव महापुराण कथा समापन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ जेठ/

वीरगंज, आदर्शनगरमा जेठ ३ गतेदेखि सञ्चालित शिव महापुराण कथा आज मङ्गलवार समापन भएको छ ।

पुरुषार्थ आश्रम सेवा ट्रस्ट, हरिद्वार एवं वीरगंज महानगरवासीको आयोजनामा भइरहेको सात दिने प्रवचन कार्यक्रममा नेपाल र भारतका बिहार, उत्तरप्रदेश, झारखण्ड, दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान, गुजरातलगायतका राज्यबाट हजारौंका सङ्ख्यामा श्रद्धालु भक्तजनहरू सहभागी भएर कथा श्रवण गरेका थिए ।

भारतका विख्यात पण्डित प्रदीप मिश्रले कथा श्रवण गराएका थिए । आदर्शनगरमा भएको महापुराण कथामा सहभागीहरूको लागि निश्शुल्क गाँस र वासको व्यवस्था मिलाइएको आयोजक कमिटीका संयोजक सुनील खेतानले बताए । आज बिहान अन्तिम कथा वाचन भएको र देश–विदेशका भक्तजनहरूले कथा श्रवण गरी आआप्mनो स्थानमा फर्केका छन् ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads