दबाबमा अर्थतन्त्र : प्रभावमा बजेट

परवानीपुर, ८ जेठ/

आगामी आर्थिक वर्षको बजेटको विषयमा वीरगंजमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले वीरगंजले सदैव विभेद खेप्नु परेको बताएका छन् ।

एभी न्यूज टिभीले वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा ‘दबाबमा अर्थतन्त्र ः प्रभावमा बजेट’ विषयक अन्तक्र्रिया कार्यक्रममा वीरगंजका अधिकांश सहभागीहरूले नेपालको बजेट केही व्यक्ति, केही समुदायलाई फाइदा पुग्ने हिसाबले निर्माण हुने गरेको औंल्याएका थिए । कार्यक्रमको प्रमुख अतिथि एवं मधेस प्रदेशका आर्थिक मामिला मन्त्री सञ्जयकुमार यादवले आफूहरू बिना स्रोत साधनको सरकार भएको बताएका थिए ।

तै पनि मधेस सरकारले मधेसको विकासको लागि तत्पर रहेको धारणा व्यक्त गरेका थिए । वीरगंज महानगरपाकिाका मेयर राजेशमान सिंहले वीरगंज नाकाबाट राज्यबाट अरबौं रूपियाँ राजस्व सङ्कलन गर्ने गरेको तर बजेट विनियोजन गर्दा विभेद गर्ने गरेको आरोप लगाए । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमको सरकारको नीति नियम बजेटमा आउनु पर्ने धारणा राखे ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F अनिल अग्रवालले वीरगंज–पथलैया औद्योगिक कोरिडोरसँगै देश भरीका व्यवसायीलाई सरकारका मौद्रिक नीति एवं बजेटमा निजी क्षेत्रलाई गरिएको कडाइको कारण उद्योग धन्धा चौपट हुँदै गएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै आगामी बजेटमा निजी क्षेत्रको समस्या सम्बोधन हुनु पर्ने माग राखे । उनले उत्पादन मूलक उद्योगका लागि सरकारले सुविधा दिनु पर्ने माग गरे ।

कार्यक्रममा एभी न्यूजका कुबेर चालिसे सहजीकरण गरेका थिए भने वीरगंजका उद्योगी व्यवसायी, सञ्चारकर्मी, होटल तथा पर्यटन व्यवसायी, समाजसेवी, युवालगायतको सहभागिता रहेको एभी न्यूज मधेस प्रदेश ब्यूरो प्रमुख मधेस दासले बताए ।

सम्बन्धित पोस्टहरुः