search

दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ असोज ।
वीरगंज युवा समाजले जेनजी आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गरेको छ । वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा बुधबार साझ बिरगंज ४ मा स्तिथ बिर्ता माइ मन्दिर अगाडि सहिदहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको हो ।

 

सो अवसरमा बिरगंज युवा समाजका वरिष्ठ सल्लाहकार वरिष्ठ चिकित्सक डा. श्यामसुन्दर दासले दिप प्रज्वलन गर्दै सहिदहरुको आत्माको चिर शान्तिको लागि १ मिनेट मौन धारण गरिएको थियो ।

 

सो अवसरमा अध्यक्ष थापाले हाम्रा जेनजी पुस्ताका युवाहरुद्वारा सरकार बिरुद्ध उठाइएको भ्रष्टाचार, बेथिति, अनियमितता, बेरोजगार, जनताप्रतिको जवाफदेहिता र देश जनताको लागि भ्रष्टाचारमुक्त सुनौलो भविष्य, सुशासन र सुन्दर समृद्ध नेपालको लागि गरिएको आन्दोलनलनका क्रममा ज्यान गुमाउनुहुने सम्पुर्ण शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोक संतप्त परिवारजनहरु प्रति गहिरो समबेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना एवं घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads