search

वीरगंज भन्सारको राजस्व असुली प्रभावित, १ अर्ब ५३ करोड कम असुली

पढ्न छुटाउनुभयो ?

वीरगंज,२ असोज
वीरगंज भन्सार कार्यालयले गत भदौं महिनामा लक्ष्यको ९४ प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको छ । अन्तिम सातामा जेनजी आन्दोलनका कारण भन्सार कार्यालयका कामकाज प्रभावित हुदाँ वीरगंज भन्सार कार्यालयले राजस्वको लक्ष्य पुरा गर्न नसकको हो ।

कार्यालयले गत भदौं महिनामा लक्ष्यको ९४ प्रतिशतमात्रै अर्थात २० अर्ब ५२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । भन्सार विभागले गत भदौं महिनाका लागि रु २२ अर्ब ५ करोडको लक्ष्य दिएकोमा लक्ष्य भन्दा ६ प्रतिशत कम अर्थात १ अर्ब ५३ करोड कम राजस्व संकलन भएको उनले बताए । भदौं अन्तिम साता जेनजी आन्दोलनका कारण वीरगंजमा लगाइएको कर्फु,निषेधाज्ञा लगायतका कारणले भन्सार कार्यालयको नियमित कामकाज प्रभावित भएकाले मासिक राजस्व असुलीको लक्ष्य पुरा गर्न नसकिएको ज्ञवालीले बताए ।

यसअघि गत साउन महिनामापनि वीरगंज भन्सार कार्यालयले राजस्व असुलीको लक्ष्य पुरा गर्न सकेको थिएन । भन्सार विभागले गत साउनमा २० अर्ब ९८ करोडको लक्ष्य दिएकोमा वीरगंज भन्सारले लक्ष्यको ८८ प्रतिशत मात्रै अर्थात १८ अर्ब ४३ करोड मात्रै राजस्व संकलन गर्न सकेको थियो । आयातनिर्यातको हिसाबले मुख्य नाकाको रुपमा चिनिनच यो भन्सार कार्यालयले विगत केहिवर्ष यतादेखि राजस्व संकलनको लक्ष्य पुरा गर्न सकेको छैन । गत आर्थिक वर्ष २०८१ /८२ मा लक्ष्यको ८१ प्रतिशतमात्रै राजस्व संकलन गरेको थियो ।

Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads