search

spot_img
spot_img

संविधान दिवसमा जीतपुरसिमरामा रक्तदान कार्यक्रम

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, जीतपुर बाराको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण तथा बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा ५ जना महिला सहित जम्मा ५४ जनाले आफ्नो अमुल्य रक्तदान गरेका छन्। उक्त जानकारी नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका स–कोषाध्यक्ष अभिलाष गुप्ताले दिएका हुन्।

रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा एवं उहाँको टोलीले प्राविधिक सहयोग गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई रहनुभएको थियो भने विशिष्ट अतिथिमा उपप्रमुख भोला प्रसाद अधिकारी तथा प्रमुख राजन पौडेलको विशेष उपस्थिति रहेको थियो।

यस अवसरमा रक्तदान गर्नेहरूमा मातृका पौडेल, सुरज पुन मगर, चूडामणि काफ्ले, ललित किशोर, हासमुद्दिन अन्सारी, सिद्धार्थ चौधरी, सपना बम्जन, साबित्रि सोंग, सुस्मा तामाङ लगायत ५४ जना दाताहरू सहभागी भएका थिए।

कार्यक्रम सफल बनाउन स्थानीय संघ–संस्था, जनप्रतिनिधि हरूको सक्रिय भूमिका रह्यो। आयोजकहरूले रक्तदानलाई मानवताको महान् सेवा बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अमलेखगंजबाट नरभक्षी बाघलाई समातियो

बारा ३ असोज । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी मानिसको ज्यान लिँदै आएको नरभक्षी बाघलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads