search

spot_img
spot_img

वीरगंजमा घटस्थापनाका दिन १५१ मिटर लामो चुनरी यात्रा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असोज । नेपालमै पहिलो पटक भव्य चुनरी यात्रा वीरगंजको गहवामाई मन्दिरमा हुने भएको छ । परम्परागत रुपमा लाग्दै आएको वीरगंजको गहवामाई मन्दिरमा नवरथा मेलाको पहिलो घटस्थापनाका दिन सोमवार १५१ मिटर लामो चुनरी यात्राको तयारी भएको हो । विश्व हिन्दु परिषद् नगर समितिका सचिव दिपेन्द्र कुमार सरार्फले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिंदै सोमवार दिउँसो ३ बजेदेखि करिब १५ सय भक्तजनहरूको सहभागीतामा १५१ मिटर लामो माताको चुनरी यात्रा शुरू हुने जानकारी गराए । भारतका विभिन्न राज्यहरूमा विशेषगरी घटस्थापनाको दिन निकालिने चुनरी यात्रालाई यसपालि पहिलो पटक वीरगंजस्थित गहवामाई मन्दिरमा आयोजना गरिएको र यात्रामा भक्तजनहरूले हातमा बोकेको चुनरीमार्फत आशीर्वाद प्राप्त गर्ने धार्मिक मान्यता रहेको उनले बताए। चुनरी यात्रा नगर परिक्रमा गर्दै पुनः माइस्थानमा पुगेर विशेष पूजा–आराधनासहित सम्पन्न गरिने सरार्फले जानकारी दिए। देश र समाजको हित र मंगल कामनाका लागि आयोजना गरेको र यस यात्राका लागि कुनै पनि प्रकारको आर्थिक सहयोग कसैबाट नलिएको र सम्पूर्ण हिन्दु श्रद्धालुहरूलाई नेपालमै पहिलो पटक हुन लागेको यस ऐतिहासिक चुनरी यात्रामा सहभागी हुन आग्रह गरिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

पर्सागढीमा हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल

वीरगंज, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल भएको छ । नगरपालिकाका प्रमुख...

सम्बन्धित खबर

- Advertisement -neelambads