वीरगंज, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका हाकिम र वडा अध्यक्ष वीच हात हालाहाल भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह र वडा नं ६ का वडा अध्यक्ष नवलकिशोर प्रसाद कलवार वीच हात हालाहाल भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत साहको कार्यकक्षमा आईतबार दिउँसो १ बजेको समयमा वडा नं ६ को एउटा योजनाको कार्यदेशको विषयमा विवाद उत्कर्षमा पुग्दा दुबै वीच हात हालाहालको अवस्था सृजना भएको हो । वडा अध्यक्ष कलवारले वडा कार्यालयको काममा नगरपालिकाका प्रप्रअ साहले एकलौटी रुपमा कमिशनको लोभमा हस्तक्षेप गरेपछि जवाफ माग्न ज्यादा तपाई चुप लगाएर बस्नुहोस भन्दै अपशब्द बोलेपछि हात हालाहाल भएको बताए । एक दिन अघि नगरपालिकाको प्राविधिक शाखाले दशै,तिहार,छठमा केन्द्रीत भएर बिजुली बत्ती जडानको लागि लागत इष्टिमेट गरेर नगरपालिकामा पेश गर्न नगरपालिकाले निर्देशन दिएको थियो ।
हरेक वडामा कम्तीमा १७० वटा सिएफएल वल बाल्ने योजना अनुसारउक्त आदेश आएको थियो । तर इष्टिमेट बनाएर करिब रु १ लाखको खर्चको हाकिम साहेबले कार्यदेश दिन मानेपछि सोध्न जाँदा उनले आफनो मानमर्दन गरेको वडा अध्यक्ष कलवारको आरोप छ । हात हालाहालको अवस्था पुगेपछि नगरपालिकाका कर्मचारीहरुले दुबै वीचको झगडा छोडाएका थिए । यस विषयमा प्रप्रअ साहसंग कुराकानी गर्दा उनले वडा अध्यक्षले लगाएको सबै आरोप ठिक नभएको उनले बताए । वडा अध्यक्षले हाकिमलाई देखाउने आचरण नदेखाएर आक्रोशित बनेपछि झगडा भएको उननले स्पष्ट पारे ।
कार्यालय समयमा काम गरिरहेको अवस्थामा पदीय मर्यादा बिर्सेर कसैले पिट्न आउँदा आत्मरक्षामा आफुबाट पनि हातपात हुन गएको उनले जानकारी गराए । यस विषयमा छलफल मार्फत विवादको निकास खोजिने समेत उनले बताए । म प्रहरीमा उजुरी गर्दिन,कार्यपालिकाको बैठकमा वडा अध्यक्षले आइन्दा यस्तो हर्कत नगर्ने शतसहित माफी मागे भने विवाद साम्य हुने उनको सझुाव छ । प्रप्रअको नेतृत्वमा कर्मचारीहरुको एउटा समुहले नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकलाई कारवाहीको माग राख्दै ज्ञापन पत्र पनि बुझाएको छ ।
जसमा आजदेखि वडा नं ६ र वडा अध्यक्ष कलवारले गल्ती स्वीकार गरी माफी नमाग्दा सम्म उनको कुनै काम कर्मचारीले नगर्ने अडान पनि राखेका छन् । यसै विषयमा नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकसंग कुरा गर्दा उनले यो विवादलाई हामी सहजरुपमा टुङयाउने बताए । उनले दुबैपक्षको कुरा सुनेर सहमति गराउृने आफुले प्रयास गर्ने बताए । कर्मचारीहरुले ६ नम्बरको काम नगर्ने भन्दैछ भन्ने प्रश्नमा जनताको नियमसंगतबाट आउने काम रोकिदैन,तर कार्यालय समयमा कर्मचारीसंग साहार्दरुपमा बसेर गफ गरी समस्या समाधान गर्नू पर्ने ठाउँमा झगडा हुनु दुखद कुरा भएको उनले बताए ।
हाकिम साहेबको कुरा सुनेको छु,वडा अध्यक्षसंग कुरा भएको छैन,को दोषी को सही भन्ने अहिले तत्काल भन्ने अवस्था नरहेको समेत उनले औल्याए ।