search

जनकपुर ११ का वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचारको मुद्दा

पढ्न छुटाउनुभयो ?

१२ जेठ, काठमाडौं ।  जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनीहरुलाई ५० हजारु रूपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

रंगेहात पक्राउ परेका दुवै जनालाई ५० हजार रुपैयाँ विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads