search

वीरगंजमा वृद्धको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ असोज ।
वीरगंको गहवामाई मन्दिर प्राङ्गणमा मागेर गुजारा चलाउने एक वृद्धको मृत्यु भएको छ । वीरगंज–५ स्थित मन्दिरको प्राङ्गण छेवैमा पसलको सटर अगाडी सुतिराखेको अवस्थामा वीरगंज–१६ नगवा घर भएर सडकमा नै बस्ने ६५ वर्षे हरिहरप्रसाद सोनारको आइतबार विहानीपख मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईले गहवामाई मन्दिर आसपासमा मागेर आफ्नो गुजारा चलाउँदै आएका वृद्ध सोनारको आइतबार मृत्यु भएको जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाएको बताए ।

मृतकको शवलाई बाहिरबाट सरसर्ती हेर्दा कुनै चोटपटक नदेखिएको बताए । पोष्टमार्टमपछि मृत्युको वास्तविक कारण खुल्ने उनले बताए । प्रहरी निरीक्षक चौलागाईले मृतकको श्रीमति र छोरा सम्पर्कमा आइसकेको पनि जानकारी दिए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads