search

बाराका न्यायाधीश भोला ढकाल सर्वाेच्च अदालत/न्याय परिषद् तानिए

पढ्न छुटाउनुभयो ?

वीरगंज २२ असोज । बारा जिल्ला अदालतका न्यायाधीश भोला ढकाललाई सम्पत्ति शुद्धीकरण मुद्दामा बिचौलियासँगको मिलेमतोमा भारतीय नागरिक अशोक कुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हालाई गैरकानुनी रूपमा धरौटीमा छाडेको गम्भीर आरोप लागेपछि प्रधानन्याधीशको आदेशमा छानबिनका लागि सर्वाेच्च अदालत (न्याय परिषद्) तानिएका छन् ।

न्यायाधीश ढकालमाथि फरार अभियुक्तलाई थुनामा राख्नुपर्ने कानुनी व्यवस्थाको बेवास्ता गर्दै, अभियुक्तहरूको सट्टामा डमी व्यक्तिहरू खडा गराएर र आफ्नै घरबेटी लगायत बिचौलियाको ‘सेटिङ’ मा आदेश दिएको आरोप लागेको छ।

उक्त आदेशको विरोधमा नेपाल वार एशोसिएसन बारा शाखाले छानबिनको माग गर्दै उजुरी दिनुका साथै असोज १५ गतेबाट नै न्यायाधीश ढकालको इजलास बहिष्कार गर्ने निर्णय गरेको थियो, जसपश्चात न्यायपालिकाको जनआस्थामाथि प्रश्न उठेको यस संवेदनशील विषयमाथि छानबिन शुरू भएको हो।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads