search

spot_img
spot_img

औषधी उत्पादक संघद्वारा महानगरलाई कम्प्युटर, प्रिन्टरसहितका उपकरण सहयोग

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ असोज । हालैको आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त वीरगंज महानगरपालिकाको कार्यालय पुनःसञ्चालनमा सहज बनाउन विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ । यही क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगंज इकाईले बुधबार दश थान कम्प्युटर सेट (युपिएससहित) र चार थान प्रिन्टर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । संघले यो सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत अघि सारेको बताएको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा महानगर भवनसहित सम्पूर्ण फर्निचर, कागजात, सूचना–प्रविधि उपकरणलगायतका सामग्री जलेर नष्ट भएका थिए । सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले असहज अवस्थाको समयमा औषधी उत्पादक संघले पुर्याएको सहयोग महानगरको पुनःसञ्चालनका लागि अत्यन्तै उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरको दैनिक कामकाजलाई सहज बनाउन संघले पुर्याएको सहयोग अत्यन्त महत्वपूर्ण छ । संघप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि महानगर र संघबीच सहकार्य र साझेदारीका कार्यक्रम निरन्तर रहून् भन्ने अपेक्षा राख्दछु।’ त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन परिस्थितिमा पनि नगरको पुनःनिर्माणमा साथ दिन पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो । यस्तो अवस्थामा सबै क्षेत्रका निकायले हातेमालो गर्न जरुरी छ । हाम्रो सानो सहयोगले महानगरलाई फेरि उठ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ यो कदम चालिएको हो ।’ कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, संघका पदाधिकारी विनित लोहिया, विनय काब्रा, सर्वाेत्तम गिरी र उमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यसअघि सूर्य नेपालले पनि कम्प्युटर, ल्यापटप र प्रिन्टर लगायतका सामग्री उपलब्ध गराएको थियो । औषधी उत्पादक संघले गरेको यो सहयोगले महानगरको सेवा पुनःसञ्चालनको प्रयासमा थप गति मिल्ने र उद्योग–महानगरबीचको साझेदारी सम्बन्ध अझ सुदृढ हुने विश्वास महानगरले लिएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

आइसिपीमा जिल्लास्तरीय संयुक्त समन्वय समिति बैठक

वीरगंज, २९ असोज । सीमा सुरक्षा बल (एसएसबी) सीमान्त मुख्यालय, पटनाको महानिरीक्षक नशीथ कुमार उज्जवलले रक्सौलस्थित ४७औं वाहिनी एसएसबीमा...

सम्बन्धित खबर

- Advertisement -neelambads