राधेश्याम पटेल, २८ असोज – मधेस प्रदेशमा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी (प्यारामेडिक्स)हरूले आफ्नो समस्या सुनिदिन पहलकारी निकायको खोजी गरिरहेका छन्। पर्सा देखि सप्तरीसम्मका आठ जिल्लामा सयौं निजी अस्पताल, पोलिक्लिनिक र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्नो गुनासो सुनाएका छन्। उनीहरूले सरकारी निकायको मौनता र नीति नियमको कार्यान्वयनमा समस्या हुँदा ठूलो समस्या झेल्नुपरेको बताएका छन्।
धनुषा, जनकपुरका एकजना स्वास्थ्यकर्मीले बताएअनुसार, सरकारले एक वर्षअघि योग्यता अनुसार सेवासुविधा दिनुपर्ने नियम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत पारित गरिसकेको भए पनि कार्यान्वयन हुन नसक्दा मधेस प्रदेशका हजारौं स्वास्थ्यकर्मी मर्कामा परेका छन्।
जनकपुरको एक निजी अस्पतालमा एचए पास गरेका स्वास्थ्यकर्मीहरू तोकिएको तलब–भत्ताभन्दा कममा काम गर्न बाध्य छन्। उनीहरूले डेढ वर्षदेखि काम गरिरहेका छन् तर सेवासुविधा अत्यन्त कम पाइरहेका छन्। खासगरी प्यारामेडिक्समा पर्ने एचए, सिएमए, ल्याब टेक्निशियन, रेडियोलोजिस्ट जस्ता स्वास्थ्यकर्मी न्यूनतम तलबभन्दा धेरै कममा काम गराइएका छन्। सरकारी नियम अनुसार एचएको न्यूनतम तलब रु ३४ हजार भए पनि निजी अस्पतालहरूले रु ८ हजारदेखि १२ हजार मात्र दिन्छन्। यसरी स्वास्थ्यकर्मीहरूको श्रम–शोषण भइरहेको उनीहरूले गुनासो गरेका छन्।
अर्थतन्त्र कमजोर भएको र अस्पतालले कम तलब दिनुपर्ने परिस्थितिलाई स्वास्थ्यकर्मीहरूले समस्या मानेका छन्। उनीहरूले भनेका छन्, “आजको महँगी अनुसारको सरकारी तलब दिन नसकिने हो भने अस्पताल बन्द हुनुपर्छ वा मेडिकल कलेज बन्द गर्नुपर्छ। विद्यार्थीहरू दैनिक ज्यालादारीमा काम गर्दा दैनिक रु ८ सयदेखि १ हजारसम्म कमाउँछन्, तर नाम स्वास्थ्यकर्मी भए पनि पारिश्रमिक शून्य छ।”
मधेस प्रदेशका आठवटै जिल्लामा करिब ५ सय निजी स्वास्थ्य संस्थामा करिब २० हजार स्वास्थ्यकर्मी कार्यरत रहेको अनुमान गरिएको छ। स्वास्थ्यकर्मीहरूले प्रदेश सरकार र नियामक निकायले यस ज्वलन्त समस्यामा गम्भीर ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूको माग छ कि करारमा काम गराउनुभन्दा लोकसेवा आयोगमार्फत स्वास्थ्यकर्मी नियुक्त गर्न आवश्यक छ।

Facebook Comments Box