वीरगंज, २९ असोज । सीमा सुरक्षा बल (एसएसबी) सीमान्त मुख्यालय, पटनाको महानिरीक्षक नशीथ कुमार उज्जवलले रक्सौलस्थित ४७औं वाहिनी एसएसबीमा दुर्ईदिने निरीक्षण भ्रमण गरेका छन् । महानिरीक्षक उज्जवलले आईसीपी रक्सौलमा आयोजित भारत–नेपाल सीमावर्ती जिल्लाको संयुक्त समन्वय समिति बैठकमा महानिरीक्षक उज्जवलले ४७औँ वाहिनी मुख्यालय र पन्टोका सीमा चौकी पुगेका थिए, जहाँ उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यसपछि उनले वृक्षारोपण गर्दै सैनिक सम्मेलनलाई सम्बोधन गरे। उनले सुरक्षासम्बन्धी विषयमा निर्देशन दिँदै सीमाबाट आवतजावत गर्ने नागरिकहरूको पहिचान गरी जाँच–पडताल कडाइका साथ गर्न बलका जवानहरूलाई निर्देशन दिए। साथै, ड्युटीका क्रममा आउने व्यक्तिगत समस्या सुनेर उनीहरूको मनोबल उच्च राख्ने काम गरेका थिए । बैठकमा आगामी बिहार विधान सभा चुनाव, तस्करी नियन्त्रण तथा सीमावर्ती सुरक्षासम्बन्धी विभिन्न विषयमा गम्भीर छलफल गरिएको थियो। बैठकपछि महानिरीक्षक उज्जवलले पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीहरुको प्रश्नहरूको उत्तर दिएका थिए। भारततर्पmबाट पूर्वी चम्पारणका प्रमुख जिल्ला अधिकारी सौरभ जोरवाल, क्षेत्रीय मुख्यालय एसएसबी बेतियाका उप–महानिरीक्षक एस. सुब्रमण्यम, ४७औँ वाहिनी एसएसबी रक्सौलका कमाण्डेन्ट संजय पाण्डेय, मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभातलगायत अन्य अधिकारीहरूको उपस्थिति थियो। नेपालबाट पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, एपिएफ नेपालका डिआईजी अञ्जनीकुमार पोखरेल (ब्रिगेड–०३, भण्डारा, चितवन), नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू तथा अन्य प्रशासनिक अधिकारीहरू सहभागी थिए।
Facebook Comments Box