वीरगंज, ३१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले बैकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. १६ निवासी ३२ वर्षीय अनिल कुमार साह रहेको जनाएको छ । पर्सा जिल्ला अदालतबाट २०८१ भदौ २४ गतेको आदेशले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तथा अन्य दुर्ई मुद्दाहरूमा एक करोड ९२ लाख ४० हजार रुपियाँ समेत जरिवाना तोकिएका फरार प्रतिवादी साहलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जनाएको छ । वीरगंज महानगरपालिका वडा नं.१५ ब्रहमचोकबाट शुक्रवार पक्राउ गरी आज पर्सा जिल्ला अदालतमा बुझाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।
Facebook Comments Box