search

बाराको डुंग्रे पुलमा मोटरसाइकल दुर्घटनाः दुईजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

बारा, २ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको डुंग्रे पुलमा शनिवार राति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा जीतपुरसिमरा उपमहानगरपालिका १४ खयरघारीका २२ वर्षीय किरण मोक्तान र जीतपुरसिमरा उपमहानगरपालिका १५ नयाँबस्तीका २० वर्षीय साजन तामाड्ढो पनि मृत्यु भएको प्रहरीले जनाएको छ । साजन मोटरसाइकल चालक रहेको र किरण मोटरसाइकलमा सवार थिए । पथलैयाबाट पिलुवा जाने क्रममा उनीहरू सवार ना३३प ६८५७ नम्बरको मोटरसाइकल जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया नजिकको डुंग्रे पुलमा राति दुर्घटना भएको थियो । डुंग्रे पुलको रेलिङमा ठोक्किएर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुबै युवक गम्भीर घाइते भएका थिए ।
घाइतेलाई प्रहरी चौकी पथलैयाको टोलीले परवानीपुरस्थित एलएस न्यूरो अस्पताल लगेपनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताउनुभयो ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads