search

बारामा युवकको शव भेटियो, दुईजना नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ कात्तिक । बारा जिल्लाको महागढीमाई नगरपालिका–५ बगडमपुर टोल निवासी ध्रुव सहनीका १९ वर्षीय छोरा भोला सहनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सहनी सोमवार साँझ छठ पूजामा जान्छु भनी घरबाट निस्केका थिए तर रातभरिको फर्किएनन। मंगलवार बिहान उनका बुबाले प्रहरी चौकी गंजभवानीपुरमा उनी हराएको जानकारी गराएपछि प्रहरी नायब निरीक्षक बालराज गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा महागढीमाई नगरपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने बाँसघारी क्षेत्रमा सहनीका व्यक्तिगत सामानहरू फेला पारेको थियो ।
दहियार टोल निवासी ललन यादवको ठूलो पोखरीमा सहनीको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
Facebook Comments Box

ताजा खबर

सानो पाइलाद्वारा सञ्चालित पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स ल्याब’ स्थापना

वीरगंज, १९ कात्तिक — सामुदायिक संस्था सानो पाइला द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा ‘डन ग्रयाग डिजिटल एण्ड लाइफ स्किल्स...

सम्बन्धित खबर

- Advertisement -neelambads