search

पाँच दिने सुगौलीबिर्ता मेला महोत्सव चल्दै

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,

वीरगंज,१३ कार्तिक ।
वीरगंज महानगरपालिका वडा नं २६ मा कार्तिक १२ गते बुधवारदेखि पाँच दिने सुगौलीबिर्ता मेला महोत्सव आयोजना भएको छ । नेपाली काँग्रेसका नेता एवं पुर्व कानुन मन्त्री अजयकुमार चौरसियाले बुधवार एक समारोहका वीच फित्ता काटेर मेलाको शुभारम्भ गरे ।

छठको पारणको अवसर पारी पहिलो पल्ट आयोजना भइरहेको उक्त मेलामा भेडा जुधाई,घोडाको दौड प्रतियोगिता,कुस्ती,सास्कृतिक कार्यक्रमहरु,नाच,झुलुवा,खेल तामासालगायतको आकर्षण रहेको मेला समितिका अध्यक्ष लालबाबु पटेलले जानकारी गराए । उनका अनुसार मेला उद्घाटन भएको दिन भेडा जुधाई,बिहीवार घोडाको दौड स्म्पन्न् भइसकेको र शुक्रवारदेखि तीन दिन दिनमा विराट कुस्ती प्रतियोगिता र रातिमा चार रात फरकफरक नाच र अन्तिम दिन सास्कृति महाकाल समुहको झाकीसहितको कार्यक्रम रहेको उनले जानकारी गराए । सुगौली गाउँवासीको आर्थिक सहयोगमा आयोजना भइरहेको उक्त मेलाको कुख खर्च करिब १० लाख अनुमान गरिएको बताइएको छ । सुगौलीबिर्ताका करिब ५ सय युवा वैदेशिक रोजगारीमा रहेका छन् । उनीहरु हरेक वर्ष दशैं,दीपावली र छठको अवसरमा २ महिनाको विदामा घर आउँदा उनीहरुको इच्छा अनुरुप यसवर्षदेखि गाउँमा यस्तो महोत्सव आयोजना हुन थालेको मेला समितिका सचिव प्रभु पटेल बताउँछन् ।

उक्त मेलाको आयोजनाको विषयमा आठराहा गाउँको गाउँलेहरुले आफनो स्वामित्व मेलाले ग्रहण नगरेको कारण बहिस्कार गर्ने बताएका थिए । उनीहरुले २६ नम्बर वडामा दुई वटै गाउँ भएकोले नाम समावेश गर्न माग गरेका थिए । तर आयोजकहरुले २६ नम्बर वडाको नाम सुगौली विर्ता भएकोले मेलाको नाम त्यही रहन गएकोमा आपत्ती नगर्न आठराहावासीसंग आग्रह गरेको वडा अध्यक्ष शम्भु मिश्राले जानकारी गराए ।

Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads