search

वीरगंज–पथलैया आद्योगिक कोरिडोरका ४ उद्योगको लाइन काटियो,यस्तो छ बक्यौता

पढ्न छुटाउनुभयो ?

  • राधेश्याम पटेल

वीरगंज १७ कात्तिक । उर्जा मन्त्री कुलमान घिसिङ बनेपछि ट्रकलाइन र डेडिकेटेड फिडरको विद्युत महसुल असुली गर्न ताकेदा गरेका छन् । उनले मन्त्री पदको सपथग्रहण गरेको केही दिनमा बक्र्यौता राख्ने उद्योगको नाममा गत सेप्टेम्बर २८ मा ७ दिने सूचना जारी गराए । तर विद्युत महसुल नबुझाएपछि गत कार्तिक ७ गतेदेखि करिब २१ वटा उद्योगको लाइन काटिएको छ । सोही मध्ये वीरगंज–पथलैया औद्योगिक कोरिडोरका ४ उद्योगमा विद्युत आपुर्ती अवरुद्ध भएको छ ।

 

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजले वीरगंज–२१ लिपनीविर्तामा रहेको हिमाल आयरनको लाइन काटेको छ भने वितरण केन्द्र सिमरा कार्यालयले सिमरामा रहेको जगदम्बा स्टील,छाता पिपरामा रहेका त्रिवेणी समुहका त्रिवेणी स्पिनिङ र त्रिवेणी सिन्थेटिक एण्डक यार्न इण्डष्ट्रिज प्रालि गरी तीन वटाको लाइन काटेको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौत्तमले बताए । विद्युत सेवा चालु नहुदाँ ती उद्योगहरु सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । अहिले सम्म ती उद्योगहरुले विद्युत महसुलको किस्ता नबुझाइएकोले लाइन पुनः सूचारु गर्न नसकेको वितरण केन्द्रका अधिकारीहरु बताउँछन् । विद्युत प्राधिकरणको तथ्यांक अनुसार जगदम्बा स्टीलको १ अबं ६० करोड,त्रिवेणी स्पिनिङको रु ३२ करोड ९ लाख ,हिमाल आयरनको रु १३ करोड ६५ लाख र त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख बक्यौता रहेको छ ।

त्यसैगरी,नेपालभरीकै २१ वटा उद्योगले करिब ८ अर्ब विद्युत महसुल बक्यौता राखेको प्राधिकरणको भनाई छ । उद्योगहरुले ट्रक र डेडिकेटेड विजुली आफुहरुले उपभोग नगरेको भन्दै महसुल बुझाउन आनाकानी गर्दै आएका छन् । प्राधिकरणको २०७८ मा निर्देशक भानुभक्त पुनको संयोजकत्वमा गठित समितिले करिब दुई दर्जन उद्योगले ट्रक र डेडिकेटेड लाइन वापत सेवा लिएको तर महसुल नबुझाएको भनी प्रतिवेदन सरकार समक्ष पेश गरेका थियो ।

Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads