search

जनकपुरमा व्यापारीद्वारा विरोध प्रदर्शन

पढ्न छुटाउनुभयो ?

जनकपुर, १८ कात्तिक । उद्योग वाणिज्य संघ जनकपुरधामको आह्वानमा मंगलवार बिहान जनकपुर बजार बन्द गरिएको थियो । संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा स्थानीय व्यापारीहरू आन्दोलित हुँदै मंगलवार बिहान ९ बजेदेखि १२ बजेसम्म बजार पूर्ण रूपमा बन्द गरेका हुन। संघको नेतृत्वमा व्यापारीहरूले नगरका विभिन्न मार्गमा नाराबाजीसहित विरोध र्याली निकालेका थिए। धनतेरसको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको विवादपछि व्यापारीहरूले घटनाको निष्पक्ष छानबिन र संलग्न प्रहरीमाथि कारबाहीको माग गर्दै यसअघि उनीहरूले पहिलो चरणको आन्दोलन स्वरूप तीन दिनसम्म पसलमा कालो झण्डा र कालोपट्टी बाँधेर असन्तुष्टि प्रकट गरेका थिए। धनतेरसअघि प्रहरीले अवैध सुनचाँदी भएको सूचनाका आधारमा बजार क्षेत्रमा छापा मारेको थियो। सो क्रममा करिब सात किलो चाँदी बरामद भएको दाबी प्रहरीले गरेको भए पनि व्यापारीहरूले उक्त छापा ‘मनपरी कार्य’ भएको आरोप लगाएका छन। प्रहरी र व्यापारीबीचको विवाद तीव्र बन्दै गएपछि अवस्था नियन्त्रण बाहिर गएर बल प्रयोग भएको थियो। त्यस क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते भएका छन् ।
Facebook Comments Box

ताजा खबर

भेटेरिनरीका कर्मचारीले गाँजा खाएको प्रकरण के हो ?

राधेश्याम पटेल वीरगंज, १८ कार्तिक ।  यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल...

सम्बन्धित खबर

- Advertisement -neelambads