राधेश्याम पटेल
वीरगंज, १८ कार्तिक । यही कार्तिक पहिलो साता पर्सामा एउटा भिडियो भाइरल भयो । सो भिडियोमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वीरगंजका कार्यालय सहयोगी राकेश कुमार साहले हुक्का ताने जस्तै लागु औषध गाँजा खाएको भनेर देखिन्छ । वीरगंज र अन्य ठाउँका विभिन्न सञ्चार माध्यममा सरकारी कार्यालय एक कर्मचारीले सरकारी मोटरसाइकल लिएर पर्साको बहुदरमाई नगरपालिकाको विश्रामपुरको एक बगैचामा बोतलमा चिलिम बनाएर गाँजा सल्काएर सेवन गरिरहेको देखिन्छ । उनले विदाको समयमा राति र साझ सरकारी मोटरसाइकल नम्बर बा १ ब ८८२४ नम्बरको गाडी लिएर गाँजा सेवन गर्न जाने गरेको स्थानीयले गुनासो गरेका छन् ।
उनले एक पटक होइन,धेरै पटक गाउँ तिर गााँजा खान जाने गरेको सुनिन्छ । सो समयमा सरकारी कार्यालय बन्द भएकोले खासै सो घटनाको यर्थात कुरा के हो भन्ने बारेमा कार्यालय प्रमुख डा. राजकुमार साहसंग बुझ्न सकिएन । छठ पछि कार्यालय खुलेसंगै कर्याालयका प्रमुख डा. साह बुझ्दा उक्त घटना आफनो पनि संज्ञानमा आएपछि सम्बन्धित कर्मचारीसंग लिखित स्पष्टि करण समेत सोधेर प्रारम्भिक कारवाही समेत गरिसकेको छ । उनले विदाको समयमा हुक्का तानेको तर लागु औषध गाँजा सेवन नगरेको बताएका छन् । एक पटकको गल्तीलाई क्षमा गरी आइन्दा गल्ती गरेको भेटिए जागिरबाट पनि निस्काशित गर्ने निर्देशन समेत दिएको कार्यालय प्रमुख डा. साह बताउँछन् ।
उनले यही कार्तिक १ गते एक जना कास र अर्को कम्प्यूटर अपरेटरलाई केन्द्र र प्रदेश सरकारको निर्देशन अनुसार दरबन्दी बाहिरको कर्मचारीलाई हाजिर गर्न बाट रोक लगाएपछि सुनियोजित किसिमले सो घटना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका प्रमुख साहको भनाई छ । उनले उक्त भिडियो र समाचारले आफनो कार्यालयको र स्वयम उनको मानमर्दनसमेत भएको प्रति दुख समेत व्यक्त गरे ।
तर केही कर्मचारीले दिनदहाडै सरकारी सवारी साधन र पदको दुरुपयोग गरी प्रतिबन्धित लागु औषध सेवन गरेको भिडियो सार्वजनिक हुदाहुदै पनि कारवाही नगर्नू र हाल सम्म कार्यालयमा काम गराई रा्ख्नुमा कार्यालय प्रमुख पनि स्वच्छ र इमान्दार नभएको टिपण्णी गरेका छन् । असन्तुष्ट कर्मचारीहरुले हाकिम र कास राकेश वीच कुनै नाताको कारण कारवाही नगरको जिकिर गरेका छनु । कास साह सर्लाहीका हुन भने हाकिम सिरहा,लहानका हुन् । कास ४ वर्ष अघि देखि र हाकिम करिब अढाई वर्षदेखि कायाृलयमा कार्यरत छन् ।











