परवानीपुर,१९ कार्तिक ।
वीरगंजको भाटभटेनी सुपर मार्केक स्टोरले गल्ती भएको स्वीकार गरेको छ । केही दिन अघि वीरगंज–१४ गण्डकस्थित सञ्चालित भाटभटेनीबाट गाईको मासुको फलेबर बिक्री वितरण भएको घटना प्रकाशमा आएपछि समान भण्डारण र राख्ने बेला गल्ती भएको भाटभटेनीका व्यवस्थापन पक्षले जानकारी दिएको छ ।
भाटभटेनीका सेटअप प्रमुख पुष्कर राईका अनुसार गाईकै मासुको फलेबर बिफ फलेबर त होइनु,कुकुरको खानाको एक परिकार मध्येको ‘बि’ फलेबर दुई पिस स्टोरमा रहेकोमा एउटा एक जना ग्राहकले खरिद गरी गुगलमा सर्च गरी हेर्दा गाईको मासुको फलेबर हो भनेर केही लिंक्स देखिएपछि उनी विरोध गर्न आउँदा उक्त घटना समाजिक सञ्जालमा भाइरल बनेको उनले स्पष्ट पारे । ‘वीरगंजको भौगोलिक अवस्था र रितिसंस्कृति छुटै छ, यहाँको स्टोरमा उक्त समान राख्ने नै होइन,केही स्टाफको गल्तीको कारण यहाँ प्लेसिङ हुन गएको हो ,’ सेटअप प्रमुख राईले भने,‘यस अघि पनि यस्तै एउटा घटना एक वर्ष अघि उजागर भएको थियो,यहाँको स्टाफ संचेत हुनुपर्छ,अब यस्तो गल्ती नहोस भनेर मैले हेदैछु ।’ यसले भाटभटेनीको ग्राहकवर्गमा परेको असुविधाप्रति हामी खेद प्रकट समेत गरेको उनले बताए ।
देशको कानुन अनुसार नै भविष्यमा वीरगंज वा अन्य ठाउँको भाटभटेनीले सेवा दिने लक्ष्य रहेको उनले बताए । मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपरमार्केट स्टोरका नेपालमा सञ्चालित कुल २७ वटा स्टोर मध्ये हाल १५ वटा मात्रै सञ्चालनमा छन् । जेनजी आन्दोलनको क्रममा आगजनि र टोडफोड,लु्टपाटले गर्दा काठमाडौंको १२ स्थानको भाटभटेनीमा ठुलो क्षति पुगेको छ । तिनीहरुको अहिले मर्रम्त सम्भार गरी पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।











