search

फागुन २१ गते चुनावको लागि केन्द्र सरकार तयार– कृषिमन्त्री परियार

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल
वीरगंज, २२ कात्तिक। कृषिमन्त्री मदन परियारले फागुन २१ गतेको घोषणा गरिएको चुनावको लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शनिवार कृषि तथा पशुपक्षी मन्त्रालय मातहतको विभिन्न सरकारी कार्यालयहरुको निरीक्ष्Fण, किसानहरुसंग भेटघाटको क्रममा उनले सो कुरा बताएका हुन्।
कृषिमन्त्री परियारले धान खेती, बालीनालीको अनुगमन गर्दै कृषिमा रहेका विभिन्न समस्याहरुको जानकारी लिने काम गरिरहेको बताए।
उनले किसानहरुको सबैभन्दा ठूलो समस्या भनेको मलखादको अभाव तथा वितरण रहेको बताए। उखु बालीको लागि समर्थन मूल्य घोषणा गर्न भइरहेको ढिलाई, सिंचाइ, कृषि बीमा, उन्नत जातको बीउ वितरणलगायतको समस्या रहेकोले यसबारेमा सरकार विभिन्न पक्षसंग बुझेर समाधानको लागि प्रयास गरिरहेको बताएका छन्।
उखुको समर्थन मूल्य चाँडै घोषणा हुने बताउँदै उनले उखुबालीको लागि किसानहरुलाई दिंदै आएको प्रोत्साहन अनुदानको बक्यौता पनि चाँडै नै सरकारले दिने नीति ल्याउन लागेको जानकारी गराए।
पर्सा, बाराको विभिन्न ठाउँको भ्रमणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले किसानलाई धैर्यता राख्न पनि आग्रह गरे।
“समस्या थुप्रै छ, चारैतिरको समस्या बुझिरहेको छु, एकैचोटी सबै समस्याको समाधान हुँदैन। मन्त्रालय मातहतका कर्मचारीहरु चारैतिर खटाएको छु, समस्याको समाधान चाँडै हुनेछ”, उनले भने, “मलखादमा भइरहेको समस्यालाई निगरानी गर्न, वितरित मलको ट्रयाकिङ गर्न सरकारले नयाँ किसिमको सफ्टवेयरको कामलाई अगाडि बढाइसकेको छ।”
उनले कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेशमा भइरहेको विभिन्न अनुसन्धान, गतिविधि, वीरगंज रानीघाटस्थित कृषि अनुसन्धान केन्द्र, कृषि सामग्री कम्पनी, साल्ट टे«डिङ, राष्ट्रिय उखु बाली अनुसन्धान केन्द्र जीतपुर, बाराको फत्तेपुर, रमौली, कोल्हबीमा माछा उत्पादन, निजगढमा केराखेती अनुगमन निरीक्षण गरेका थिए।
साथै कृषिमन्त्री परियारले रमौलीबाट कलैया र कलैयाबाट गढीमाई मन्दिरको दर्शन पनि गरेका थिए। उनी आजै हेटौंडा फर्किने कार्यक्रम छ।
Facebook Comments Box

ताजा खबर

जेनजी आन्दोलनका क्रममा काठमाडौंबाट फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज, २३ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एकजना कर्तव्य ज्यान...

सम्बन्धित खबर

- Advertisement -neelambads