जनकपुर , कार्तिक — २३
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ले दिएको राजीनामा प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छिन्।
प्रदेशप्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ साल कात्तिक २२ गते स्वीकृत गरिएको छ।”
विज्ञप्ति अनुसार, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको कार्यवाहक मन्त्रिपरिषद्का रूपमा कार्यभार सञ्चालन गर्न तोकिएको छ।
सोनलले विश्वासको मत लिँदै गर्दा आवश्यक समर्थन नपाइने संकेत देखिएपछि बिहीबार प्रदेशसभा सभामुखसमक्ष राजीनामा बुझाएका थिए।
उनको राजीनामासँगै मधेस प्रदेशमा फेरि नयाँ सत्ता समीकरण र सरकार गठनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box