search

उत्पीडित जनतामाथि अन्याय नगर्न बालेनलाई जेन–जी अलायन्सको खुला आग्रह

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक — २३
जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाएको छ।
अलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन र सरोकारवालासँगको सहमतिको अभावमा बस्ती हटाउने तयारी गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
‘सम्बन्धित समुदायसँगको सहमतिमा न्यायपूर्ण र उपयुक्त व्यवस्थापन अपनाई काठमाडौं महानगरले सबैको साझा सहरको उदाहरण प्रस्तुत गरोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘निहत्था र उत्पीडित जनतामाथि दम्भ, तिरस्कार र बेवास्ताको नीति नगरियोस्।’
अलायन्सले महानगर क्षेत्रभित्र रहेका सुकुम्बासी बस्तीहरूको यथार्थ विवरण र तथ्यांक सार्वजनिक गर्न पनि माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नक्कली र सक्कली सुकुम्बासीका नाममा बहस भइरहेका छन्। यदि अध्ययन गरिएको छ भने त्यसको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ।’
अलायन्सले राज्य र स्थानीय निकायले सहमतिको प्रक्रिया अवलम्बन नगरी बस्ती हटाउने कदम लिँदा अझ ठूलो सामाजिक समस्या उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।
Facebook Comments Box

ताजा खबर

बारामा जंगली हात्तीको आक्रमणमा ट्रक चालकको मृत्यु

बारा , कार्तिक — २४ पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित पथलैया–निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाउँदा एक ट्रक...

सम्बन्धित खबर

- Advertisement -neelambads