रौतहटमा हत्याकाण्डको दोषी कारबाहीको मागमा प्रदर्शन

रौतहट , कार्तिक – २३
फतुवा बिजयपुर नगरपालिका–२, सितलपुरका शंकर साहको हत्याकाण्डमा दोषीलाई कडा कारबाही गर्न माग गर्दै पीडित परिवार र स्थानीयबासीले आज रौतहटको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा पीडित पक्षका प्रतिनिधिहरूले घटनापछि लामो समय बितिसक्दा पनि प्रहरी प्रशासन र राज्य संयन्त्रले गम्भीरता नदेखाएको आरोप लगाए। उनीहरूले दोषीलाई शीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै न्यायका लागि सडकमा उत्रन बाध्य भएको बताए।
प्रदर्शनकारीहरूले दोषीलाई कारबाही गर्न, निष्पक्ष छानबिन समिति गठन गर्न र घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्। यस्तै, घटनाबारे स्थानीय प्रशासन मौन बसेकोमा सर्वसाधारणले पनि असन्तुष्टि व्यक्त गरेका छन्।
सम्बन्धित पोस्टहरुः