search

राष्ट्रपति पौडेलद्वारा निर्वाचन सफल बनाउन सबैलाई आह्वान

पढ्न छुटाउनुभयो ?

काठमाडौं , कार्तिक –२३
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन्। उनले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन निर्वाचनको सफलता अनिवार्य रहेको बताए।
आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यानमा राख्दै निर्वाचन सफल बनाउनु पर्नेमा जोड दिए।
राष्ट्रपतिले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण रहेको बताए। उनले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूको बारेमा नागरिकलाई सूचित गर्न सञ्चारमाध्यमले दत्तचित्त भएर काम गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपतिले सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको हुँदा सञ्चारमाध्यमले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने दायित्व रहेको बताए। साथै, प्रविधिको दुरुपयोगबाट मिथ्या वा भ्रमपूर्ण सूचना फैलिनबाट जनतालाई जोगाउनु सञ्चारमाध्यमको जिम्मेवारी भएको उनले उल्लेख गरे।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पनि आमसञ्चार माध्यमलाई व्यवसायिक दृष्टिले अघि बढाउन प्रसारण सामग्रीमा विशेष ध्यान दिन आग्रह गरे। उनले सार्वजनिक सेवा प्रसारणले फरक र सिर्जनात्मक विषयवस्तु प्रसारण गर्नुपर्ने चुनौती रहेको भन्दै यसलाई दिगो रूपमा अघि बढाउन आवश्यक रहेको बताए।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको नयाँ प्रतीक चिह्न लोगो सार्वजनिक गरिएको थियो भने नयाँ च्यानल एन टिभी वर्ल्ड को शुभारम्भ पनि गरिएको थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads