search

प्रहरी निरीक्षकहरूद्वारा भोजन कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ कात्तिक । पर्सा जिल्लाका प्रहरी निरीक्षकहरूले आइतवार मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई बिहानको भोजन खुवाएका छन् ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, वरिष्ठ प्रहरी निरीक्षक गुननिधि खकुरेल र श्रीपुर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नविन थापा मगर लगायतको सक्रियता भोजन कार्यक्रम भएको थियो ।
सामाजिक कार्यमा प्रहरीको सहभागीता हुुनुपर्ने तथा प्रहरी केवल अपराध नियन्त्रणमै सीमित नभई मानवीय कल्याणका कार्यमा पनि सक्रिय हुनुपर्ने उद्देश्यका साथ आश्रममा आश्रितहरूलाई प्रेमपूर्वक खाना खुवाइएको थियो । कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, मुना मगर लगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

एमालेबाहेकका दलले गरे सरकार गठनको माग

जनकपुरधाम, २३ कात्तिक । मधेस प्रदेशमा एमालेबाहेकका दल एकजुट भएर प्रदेश प्रमुखलाई नेपालको संविधानको धारा १६८ को उपधारा २...

सम्बन्धित खबर

- Advertisement -neelambads