search

साढे ९ लाखको औषधिसहित पासवान पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ कात्तिक । सशस्त्र प्रहरीले तस्करीको औषधिसहित एकजनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगंज–१६ इनर्वास्थित खेतबाट औषधिसहित बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने १८ वर्षीय हरिओमकुमार पासवानलाई पक्राउ गरेको जनाएको छ । भारतबाट अवैध रूपमा टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ५८ हजार ९१३ रुपियाँ बराबरको औषधिसहित पासवानलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा...

सम्बन्धित खबर

- Advertisement -neelambads