search

नक्कली भ्याट बिलमार्फत ठगी कार्य बढेपछि पर्सा प्रहरी सक्रिय

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ कात्तिक । नक्कली भ्याटबिल बनाई ठगी गर्ने घटना बढेपछि पर्सा प्रहरी सक्रिय भएको छ । आइतवार जिल्ला प्रहरी कार्यालय, पर्साले विज्ञप्ति जारी गरी केहि दिन यता सामाजिक सञ्जाल मार्फत विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको बिल बिजक नक्कली बनाई त्यस्ता विल विजक मार्पत विभिन्न व्यापारिक समूहबाट ठुलो मात्रामा सामानहरू (सिमेन्ट, छड, मदिरा, मोटरपार्टस आदी) खरिद गरि ठगी गर्ने गरिएको घटनाहरू आइरहेको हुँदा कुनै पनि व्यापारिक कारोवारहरू गर्दा यकिन भएपश्चात मात्र गर्नु हुन अनुरोध गरेको छ । साथै आधिकारिकताविनाको कुनै सामानहरू खरिद नगर्न तथा खरीद गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी गराएका छन् ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा...

सम्बन्धित खबर

- Advertisement -neelambads