काठमाडौं , कार्तिक –
नेपाली क्रिकेट टोलीका अनुभवी अलराउण्डर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
हङकङ सिक्सेस क्रिकेट प्रतियोगिता सकिएलगत्तै उनले सामाजिक सञ्जालमार्फत “साइनिङ अफ” लेख्दै आफ्नो क्रिकेट यात्रा अन्त्य भएको जानकारी दिएका हुन्।
सन् २००२ मा १५ वर्षमुनिको टोलीबाट करिअर सुरु गरेका शरदले सन् २००४ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। दुई दशकभन्दा बढी समय नेपाली क्रिकेटका लागि खेलेका उनले नेपाललाई ऐतिहासिक सफलता दिलाउन महत्त्वपूर्ण योगदान दिएका छन्।
हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएपछि शरदलाई ‘गार्ड अफ अनर’ प्रदान गरेर उनको योगदानको सम्मान गरिएको थियो।
नेपाली क्रिकेटका सुरुवाती व्यावसायिक पुस्ताका प्रतिनिधि शरदले २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकपसम्म पुर्याउने क्रममा महत्वपूर्ण भूमिका खेलेका थिए।

Facebook Comments Box