search

प्रदेश प्रमुखले मधेशको अस्मितालाई समाप्त पार्ने खेल खेलिन् : जितेन्द्र सोनल

पढ्न छुटाउनुभयो ?

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका छन् ।
स्वास्थ्य समस्याका कारण उपचार गर्न काठमाडौं हिँडेकी भण्डारीले एक होटेलमा पुगेर एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उनले यो खेलले मधेश प्रदेशको अस्मिता समाप्त पारेको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् ।
सोमबार बिहानै सबेरै प्रदेश प्रमुख भण्डारी उपचारका लागि काठमाडौं जान भनेर बिदाइ भएकी थिइन् । निवर्तमान मुख्यमन्त्री सोनलले नै उनलाई बिदाइ गरेका थिए । तर, त्यसको केही समयपछि भण्डारीले ठूलो दलको हैसियतले एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
सोनलले गत शनिबार राति विश्वासको मत पाउने सम्भावना नभएपछि राजीनामा दिएका थिए ।
Facebook Comments Box

ताजा खबर

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका सरोज यादव नियुक्त

मधेश , कात्तिक - २४ मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त...

सम्बन्धित खबर

- Advertisement -neelambads