search

भारतीय घरेलु टोलीहरूसँग नेपाल महिला क्रिकेट टोलीले तीन मैत्रीपूर्ण सिरिज खेल्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक —२४
नेपाली महिला क्रिकेट टोलीले भारतका तीन वटा घरेलु टोलीसँग टी–२० मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको विज्ञप्तिअनुसार महिला टोलीले आउँदो कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म उत्तराखण्ड, बङ्गाल र राजस्थानसँग खेल्ने कार्यक्रम रहेको छ।
सबै खेल देहरादुनस्थित चिदरवालाको आयुष क्रिकेट एकेडेमीमा हुनेछ। नेपालले ती तीन टोलीसँग समान दुई–दुई खेल खेल्नेछ। नेपाली टोलीले पहिलो खेल कात्तिक २७ गते राजस्थानसँग खेल्दै श्रृंखला सुरू गर्नेछ। त्यसपछि कात्तिक २८ गते उत्तराखण्ड र २९ गते बङ्गालसँग प्रतिस्पर्धा गर्नेछ। पुनः दोस्रो चरणमा मंसिर १ गते राजस्थान, २ गते उत्तराखण्ड र ३ गते बङ्गालसँग खेल हुनेछ।
यसैबीच, क्यानले भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। लामो समयपछि अश्मिना कर्माचार्य टोलीमा फर्किएकी छन् भने सीमाना केसी पहिलोपटक राष्ट्रिय टोलीमा परेकी छन्।
त्यसैगरी, अलिशा यादव, मनीषा उपाध्याय, सना प्रवीण, ईश्वरी विष्ट, ममता चौधरी र बिन्दु रावल पनि टोलीमा पुनः समावेश भएका छन्।
क्यानका अनुसार, आगामी जनवरीमा नेपालमै आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका तयारीस्वरूप यो भारत भ्रमण तय गरिएको हो।

Facebook Comments Box

ताजा खबर

मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जाने : कांग्रेस नेता यादव

जनकपुरधाम, २४ कात्तिकः नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वाेच्च...

सम्बन्धित खबर

- Advertisement -neelambads