*जनकपुर , कार्तिक २४ * *—* मधेश प्रदेशमा संविधानको धारा १६८ (३) अनुसार सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको विरोधमा प्रदेशका सात राजनीतिक दल अदालत जाने भएका छन्।
*नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा* सम्मिलित दलहरूको बैठकले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको निर्णय असंवैधानिक भएको ठहर गर्दै कानुनी लडाइँ अघि बढाउने निर्णय गरेको हो।
बैठकपछि लोसपा नेता तथा निवर्तमान मुख्यमन्त्री *जितेन्द्र सोनल*ले प्रदेश प्रमुखबाट संविधान विपरीतको कदम चालिएको आरोप लगाए। ‘हामी आज बैठक बस्यौं,’ उनले भने, ‘प्रदेश प्रमुखबाट गैरसंवैधानिक काम भएको छ। अब अदालत र जनताकहाँ सँगसँगै जान्छौं।’
संविधानको *धारा १६८ (२)* अनुसार गठबन्धनका समर्थनमा सरकार गठन हुने अवस्था रहँदा पनि प्रदेश प्रमुखले *एमाले दलका नेता यादवलाई होटलमा मुख्यमन्त्री नियुक्त गर्दै शपथ खुवाएको* भन्दै सात दल आन्दोलित बनेका हुन्।
विरोधस्वरूप सोमबार सात दलका नेता–कार्यकर्ताले *मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड* गरेका थिए। उनीहरूले *मुख्यमन्त्रीको कार्यकक्षमा ताल्चा लगाउँदै नाराबाजी* समेत गरेका छन्।
प्रदेश प्रमुख भण्डारीले आइतबारकै मिति राखी सोमबार बिहान *बर्दिबासस्थित होटल पानसमा* यादवलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ खुवाएकी थिइन्। सो कदमपछि मधेश प्रदेशको राजनीति थप तनावपूर्ण बनेको छ।

Facebook Comments Box