आयोगद्वारा पूर्वप्रमुख आयुक्तहरूसँग निर्वाचनको तयारी बारेमा छलफल

वीरगंज , कार्तिक – २४
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र रणनीति तय गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त तथा अन्य पूर्वआयुक्तहरूसँग छलफल गरेको छ।
सोमबार बिहान आयोगको कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधार, सगुन शमशेर जंगबहादुर राणासहित पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ र पूर्वसचिव सुरेश अधिकारी सहभागी थिए।
छलफलमा आगामी निर्वाचन सञ्चालनमा लिनुपर्ने रणनीति, अपनाउनुपर्ने सावधानी तथा सम्भावित चुनौतीबारे गहन रूपमा विचारविमर्श भएको निर्वाचन आयोगले जनाएको छ।
सम्बन्धित पोस्टहरुः