search

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

पढ्न छुटाउनुभयो ?

मधेश , कार्तिक – २४
मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन्। रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार मिति तोकेको छ।
निवेदक साहका अनुसार संविधानको धारा १६८ को उपधारा ९२० अझै जीवित रहेको अवस्थामा नयाँ सरकार गठन गर्दा संविधान उल्लंघन भएको छ। उनी रिट निवेदनमा यसै धारा टेकेर मात्र नयाँ सरकार गठनको आह्वान हुनुपर्ने माग गरेका छन्। साथै, निवेदनको अन्तिम निर्णय नभएसम्म यथास्थितिमा राख्ने आदेशको पनि आग्रह गरिएको छ।
गएको शनिबार मधेश प्रदेश मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले राजीनामा दिएका थिए। त्यसपछि सोमबार बिहान ४ बजे प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्।
यस नियुक्तिविरुद्ध नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टी बाहेकका सात दल आपत्ति जनाउँदै सर्वोच्च अदालतमा जाने तयारीमा छन्। उनीहरूले ७४ जना सांसदको हस्ताक्षर संकलन गरेको समाचार छ।
Facebook Comments Box

ताजा खबर

लघुवित्त संस्थाले सर्वसाधारणमाथि आर्थिक शोषण गरेको आरोप

पर्सा, २४ कात्तिक । लघुवित तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति नेपालका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले वर्तमान...

सम्बन्धित खबर

- Advertisement -neelambads