search

spot_img
spot_img

मेरा कमिकमजाेरि भए निर्धक्क भएर लेख्नु हाेस्- मेयर राजेशमान सिंह

पढ्न छुटाउनुभयो ?

वीरगन्ज, १४जेठ

वीरगन्जमा रेडियाे वीरगन्जले एक हप्ते उदघाेषक तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरेकाे छ ।

वीरगन्जकाे हाेटल पुजनमा आइतबारदेखि सञ्चालित तालिमको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गमलाकाे बिरुवामा पानी हालेर समुद्घाटन गर्नु भएको हो ।

समुद्घाटन समाराेहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आफ्नोे याे कार्यकालमा यहाँका सबै पत्रकारहरु एकढिक्का भएर अगाडि बढेकाे हेर्न चाहेकाे बताउनुभयो ।

वीरगन्जका पत्रकारहरुलाई लक्षित गर्दै उहाँले भन्नुभयो, यदि मेरा कमिकमजाेरि भए निर्धक्क भएर लेख्नु हाेस्, मलाई कुनै आपत्ति छैन, त्यसले मलाई सच्चिने अवसर दिन्छ । तर यदि राम्रो काम गरेकाेछु भने त्यसबारे पनि निष्पक्ष भएर लेख्न आग्रह गर्छु ।’

वीरगन्जकाे पत्रकारितामा पनि केही सुधारकाे आवश्यकता रहेकाेले यसमा ध्यान दिन पत्रकार सम्बद्ध संघसंगठनका अगुवाहरुकाे ध्यानाकर्षण पनि उहाँले गराउनु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहानले मुलुकमा आर्थिक मन्दीसंगै मिडिया क्षेत्र पनि संकटमा परेकाे बताउनुभयो । पत्रकारिता क्षेत्रमा पनि केही विकृति भित्रीएकाेमा चिन्ता व्यक्त गर्दै उहाँले यसमा शुद्धीकरणकाे अपरिहार्यता रहेकाे बताउनुभयो । पित्त पत्रकारिता नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘पत्रकारिता क्षेत्रमा भविष्य छ, त्यसका लागि समुदायका लागि पत्रकारिता गर्नुपर्छ ।’

तालिमका मुख्य प्रशिक्षक डाक्टर नवराज लम्सालले जागिरकाे लागि मात्रै पत्रकारिता नगर्न वा याे क्षेत्रमा नआउन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

रेडियाे वीरगन्जका अध्यक्ष ध्रुब साहले वीरगन्जका सञ्चार गृहमा अहिले जनशक्ति अभाव भएकाे बताउनुभयो । त्यसैलाई मध्यनजर गरि याे तालिमकाे आयाेजना गरिएको बताउनुभयो । तालिममा १५ जना प्रशिक्षार्थीहरु सहभागी रहेकाेमा तालिम पश्चात् यी मध्ये ६ जनालाई रेडियो वीरगन्जमा राेजगारी दिने उहाँले बताउनुभयो ।

साहकै अध्यक्षतामा भएकाे तालिमकाे उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, बानका पूर्व मधेस प्रदेश महासचिव आर सी यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, नेपाल प्रेस युनियन पर्साका निर्वतमान अध्यक्ष रामनारायण कुर्मी, उपाध्यक्ष क्रान्ति शाह, मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, मधेसदृष्टी पत्रिकाका प्रधान सम्पादक रामकुमार एलन लगायतकाे पनि उपस्थिति थियाे । कार्यक्रमकाे सहजिकरण संचार ध्रुब अधिकारीले गर्नु भएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads