search

नर्सिङ विद्यार्थीद्वारा स्वास्थ्य प्रदर्शनी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ कात्तिक । वीरगंज नर्सिङ क्याम्पसका विद्यार्थीहरुले स्वास्थ्य प्रदर्शनी कार्यक्रम सोमवार वीरगंज–१२ स्थित मुर्ली पोखरीको प्राङ्गणमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वास्थ्य शिक्षा र चेतनाको प्रसारमा यस्ता प्रदर्शनले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । नर्सिङ अध्ययनरत विद्यार्थीहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा गर्न सुझाए । कार्यक्रममा क्याम्पस प्रमुख कल्पना पौडेल, प्राध्यापक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न स्वास्थ्य सम्बन्धी जनचेतनामूलक मोडेल, पोषक आहार, सरसफाइ, मातृ–शिशु स्वास्थ्य, रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य, र अन्य रोग रोकथामका उपायहरूवारे जानकारी प्रस्तुत गरेका थिए।
Facebook Comments Box

ताजा खबर

संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठन गर्नुपर्ने माग गर्दै मधेश सरकारविरुद्ध रीट

वीरगंज, २४ कात्तिक । मधेश प्रदेशमा गैरसंवैधानिक तरिकाले सरकार गठन गरिएको भन्दै अधिवक्ता अर्जुन साहले सर्वाेच्च अदालतमा रिट दायर...

सम्बन्धित खबर

- Advertisement -neelambads