वीरगंज, २४ कात्तिक । वीरगंज उद्योग वाणिज्य सङ्घले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै केहि दिनदेखि सामाजिक सञ्जाल मार्फत अर्डर दिई विभिन्न प्रतिष्ठित व्यापारिक प्रतिष्ठानहरूको नाममा विभिन्न व्यापारिक समूहबाट ठूलो मात्रामा सामानहरू (सिमेन्ट, छड, मदिरा, मोटर पार्टस आदि) खरिद गरी ठगी गर्ने गरिएको घटनाहरू आइरहेको हुँदा कुनै पनि व्यापारिक कारोबार गर्दा सामान खरिद गर्ने प्रतिष्ठानका आधिकारिक व्यक्तिसँग यकिन गरी मात्र कारोवार गर्न अनुरोध गरेको छ । संघका अध्यक्ष्F हरिप्रसाद गौतमले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रतिष्ठित औद्योगिक घराना, उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरूको नाममा सामान खरिद गर्न आउने खरिदकर्ताको आधिकारिकता नबुझी त्यस्तासँग कुनै पनि व्यावसायिक कारोवार, लेनदेन नगर्न हुन समेत सम्पूर्णमा अवगत गराइएको छ । साथै यस्ता ठगी कार्यमा संलग्न हुने माथि सम्बन्धित निकायबाट कडा कानूनी कारबाही हुने भएकोले यस्ता कार्यमा संलग्न नहुन समेत सचेत गराइएको छ ।
Facebook Comments Box











