दिल्ली , कार्तिक – २५
भारतको राजधानी नयाँ दिल्लीस्थित रातो किल्ला नजिकै सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। सो घटनामा करिब २० जना घाइते भएका छन्।
विस्फोटको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। घटना रातो किल्ला मेट्रो स्टेशन नजिकै भएको र त्यसपछि दिल्लीका साथै छिमेकी उत्तर प्रदेश र मुम्बईमा उच्च सतर्कता जारी गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अनलाइनमा सेयर गरिएका भिडियोहरूमा पुरानो दिल्लीको भीडभाड सडकमा ध्वस्त भएका गाडीहरू र आगो लागेका अटो-रिक्सा देखिएका छन्। नयाँ दिल्लीका दमकल उपप्रमुखका अनुसार विस्फोटका कारण ६ वटा गाडी र तीन वटा अटो-रिक्सामा आगो लागेको थियो।
दिल्ली प्रहरी आयुक्त सतीश गोल्छाले विस्फोट साँझ ७ बजेतिर भएको बताए। “रातो बत्तीमा रोकिएको, सुस्त गतिमा गुडिरहेको गाडीमा विस्फोट भएको हो। त्यसबाट नजिकका गाडीहरू पनि क्षतिग्रस्त भएका छन्,” उनले पत्रकारहरूसँग भने।
१७औँ शताब्दीको ऐतिहासिक रातो किल्ला भारतको प्रमुख पर्यटकीय स्थल हो। स्वतन्त्र पत्रकार अमित बारुआले अल जजीरासँग कुरा गर्दै सो क्षेत्रलाई दिल्लीको ‘सबैभन्दा भीडभाड भएको भाग’ भन्दै यस्तो ठाउँमा विस्फोट हुनु निकै चिन्ताजनक रहेको बताए।