मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, डा. कर्ण नयाँ प्रदेश प्रमुख सिफारिस

1200x150_1200x150-01.jpg (1)
मधेश , कार्तिक -२५
सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। पदीय गरिमाविपरीत होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी शपथ खुवाएको विवादपछि उनलाई बर्खास्त गरिएको हो।
भण्डारीले सोमबार बिहान बर्दिबासस्थित होटलमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएपछि जनकपुरधाम दिनभर तनावग्रस्त बनेको थियो। यसअघि तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत प्रक्रियाअघि नै शनिबार पदबाट राजीनामा दिएका थिए।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुखका रूपमा डा. कर्णलाई सिफारिस गर्ने निर्णय गरेको हो। अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. कर्ण सन् २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहिसकेका छन्।
सम्बन्धित पोस्टहरुः