भारत , कार्तिक – २५
बलिउड अभिनेता धर्मेन्द्र देओलको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचार भइरहेको छ। बिहान उनका निधन भएको दाबी गर्दै केही भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रसारण गरे पनि परिवारका सदस्यहरूले त्यसलाई असत्य बताउँदै खण्डन गरेका छन्।
८९ वर्षीय धर्मेन्द्रको स्वास्थ्य स्थिर रहेको उनकी छोरी ईशा देओलले जानकारी दिएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत् ‘बुबाको स्वास्थ्यबारे अफवाह नफैलाउन’ आग्रह गरेकी छन्।
त्यस्तै, धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री हेमा मालिनीले पनि डाक्टरको निगरानीमा उपचार भइरहेको पुष्टि गरेकी छन्। यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले समेत धर्मेन्द्रको निधनप्रति समवेदना व्यक्त गर्दै ट्वीट गरेका थिए, तर पछि सो ट्वीट हटाएका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि धर्मेन्द्रलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो।