वीरगंज, २५ कात्तिक / नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन पर्सा वीरगंजको ८औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । कात्तिक २२ गते शनिवार वीरगंज–१६ ईनर्वास्थित भुटनदेवी मन्दिर परिसरमा आयोजित अधिवेशनको सभाले समितिका पूर्वसचिव सुरेन्द्रप्रसाद यादवको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो । सर्वसम्मले उक्त समिति गठन भएको नवनिर्वाचित अध्यक्ष यादवले जानकारी गराए । पुरानो समितिको तीन वर्षको कार्यकालको समय सकिएपछि अधिवेशनमार्फत नयाँ कार्यसमितिको चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा प्रदिपकुमार साह, सचिवमा जादोलाल साह कानु, सहसचिव गजेन्द्रप्रसाद यादव, कोषाध्यक्ष जितेन्द्र प्रसाद, सहकोषाध्यक्ष गौतमबाबु गुप्ता, सदस्यहरूमा पूजनप्रसाद चौरसिया,राजनकुमार साह, ओमप्रकाश यादव, सन्तोषकुमार चौधरी, कमलेश कुमार पटेल, शम्भुप्रसाद गुप्ता, मोहमद हात्तिम अन्सारी रहेका छन् । यसैबीच केही सदस्यले बन्द शत्रमा सभाबाट केही सदस्य निस्केको तर पनि समिति गठन गरेको गुनासो गरोक छन् । एशोसिएशनका पूर्व अध्यक्ष रामाधार साहका अनुसार समिति चयनमा विभेद भएको भन्दै साथीहरूसंग सल्लाह गरी अघि बढने बताएका छन् । नवनिर्वाचित समितिका पदाधिकारीले नयाँ समितिले जोश जाँगरका साथ काम गर्ने भएकोले सहयोग गर्न अपिल गरेको छ । साथै यो समितिले संस्थालाई मजबुत गर्ने र मालपोत कार्यालय पर्सामा संस्थाको काम कारबाही अझै प्रभावकारी गरेर सेवाग्राहीलाई सहजता प्रदान गर्नेतर्फ केन्द्रित हुने दावी गरेका छन् ।









