धनुषा , कार्तिक — २७
धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ परेकी महिला हंसपुर नगरपालिका–७ नुवाखोर टोलकी ४५ वर्षीया पवित्रा देवी मण्डल हुन्। उनीमाथि सोही टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी गरगहना लुटेको अभियोग लगाइएको धनुषा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कात्तिक २४ गते (सोमबार) राति करिब ९ बजे घरबाट पाँच सय मिटर टाढा चन्द्रकला देवी मृत अवस्थामा फेला परेकी थिइन्।
अनुसन्धानका क्रममा पवित्रा देवीले मृतकको साथबाट गरगहना लुटेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। बरामद गरगहनामा दुई थान झुम्का, दुई थान बाली, दुई थान मंगलसूत्र र दुई थान कडा रहेका छन्। साथै, मृतकलाई प्रहार गर्न प्रयोग गरिएको धारिलो हतियार (दाउ) समेत बरामद गरिएको छ।
पवित्रा देवीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box