वीरगंज, कार्तिक — २७
नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुबेर खापुङमाथि सेवाबाट अवकाश पाएको दिनमै ‘भाद्र २३ र २४ का घटना सम्बन्धी जाँचबुझ आयोग’ले कडा निर्णय गरेको छ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगले बिहीबार बसेको बैठकमार्फत खापुङमाथि विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको हो।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ का घटनाहरूको छानबिन तथा जाँचबुझका लागि कुनै पनि समयमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागु हुने गरी विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पत्राचार गरिएको छ।”
खापुङमाथि आयोगको निर्णयबारे जानकारी गराइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
आयोगले भाद्र २३ र २४ गतेका आन्दोलनका क्रममा भएका घटनाहरूमा खापुङको प्रत्यक्ष संलग्नता वा जिम्मेवारीबारे प्रश्न उठाउँदै आएको छ। विशेषतः, खापुङले त्यतिबेला घटनामा संलग्न प्रहरी अधिकारीहरूको विवरण उपलब्ध गराउन अस्वीकार गरेको आरोप आयोगले पहिले नै लगाएको थियो।

Facebook Comments Box