search

वीरगंज –३१ मा सार्वजनिक शौचालय निर्माण

पढ्न छुटाउनुभयो ?

वीरगंज , कार्तिक — २७
वीरगन्ज महानगरपालिका वडा नं. ३१ अन्तर्गत स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाउने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको छ।
सामाजिक संस्था “नमस्ते गुम्डा”को आर्थिक सहयोगमा वडा ३१ अन्तर्गत २ वटा सामुदायिक विद्यालय र २ वटा सार्वजनिक स्थानमा गरी जम्मा चार वटा शौचालय निर्माण गरिएको हो। करिब २४ लाख रुपैयाँको लागतमा निर्माण गरिएका शौचालयहरू औपचारिक रूपमा विशेष कार्यक्रममार्फत हस्तान्तरण गरिएको छ।
शैक्षिक संस्थाहरूमा सोलकपुर माध्यमिक विद्यालय र दलित आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–शिक्षिकाको प्रयोगका लागि दुई शौचालय निर्माण गरिएको छ। बाँकी दुई शौचालय सोलकपुर चोक र लक्ष्मीपुर चोकमा सर्वसाधारणको प्रयोगका लागि निर्माण गरिएको छ।
स्थानीयवासीले सार्वजनिक स्थानमा शौचालयको अभावका कारण पहिले असहजता भोग्नुपरेको बताउँदै, अब यी शौचालयले सफा, स्वास्थ्य र स्वच्छता प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।
नमस्ते गुम्डाका प्रतिनिधि कृष्ण धरेलले सार्वजनिक शौचालयको अभाव देखिएकाले प्राथमिकताका आधारमा चार स्थानमा शौचालय निर्माण गरिएको बताए । यसको संरक्षण र प्रयोगमा स्थानीयले जिम्मेवारीपूर्वक भूमिका खेल्ने अपेक्षा राखिएको उनको भनाई छ ।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले स्थानीय आवश्यकतालाई ध्यानमा राखी शौचालय निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद व्यक्त गरे। पानी टंकी, धारा र शौचालय निर्माण गरी हस्तान्तरण गरेको उपलक्ष्यमा वडा कार्यालयले संस्थालाई सम्मान समेत प्रदान गरेको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads