मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. कर्णद्वारा पदभार ग्रहण

जनकपुर , कार्तिक — २७
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले बिहीबार प्रदेश प्रमुख कार्यालयमा आयोजित औपचारिक समारोहमा पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका छन्।
समारोहमा प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु काबाडीले डा. कर्णलाई स्वागत गर्दै प्रदेशको राजनीतिक अवस्था, प्रशासनिक संरचना र हालका चुनौतीबारे जानकारी दिएका थिए।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा. कर्णले मधेशलाई ‘सीताको जननीको भूमि’ भन्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानको सम्मान प्रकट गरे ।
डा. कर्णले संविधानको रक्षा, सुशासन प्रवर्द्धन र न्यायपूर्ण ढंगले प्रदेशको सेवा गर्ने प्राथमिकता रहेको बताए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा आयोजित समारोहमा डा. कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
सम्बन्धित पोस्टहरुः