search

रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, २७ कात्तिकः आजभन्दा २५ वर्षअघि कमेडी गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ..’ गाएर चर्चामा आउनुभएका प्रकाश पौडेलको ‘बुढाबुढी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पछिल्लो समय ज्योतिषीको समेत परिचय बनाउनुभएका पौडेलले लामो समयपछि गीत गाउनुभएको हो । उहाँको अन्य कमेडी गीतहरु कसैलाई नभन्नु ल, डाक्टर साब भिटामिन लेख्दिनु न, तितेपाती तितेपाती झ्याप झ्याप जस्ता स्रोतामाझ लोकप्रिय छन् ।
‘बुढाबुढी’ गीतको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गर्नुभएको हो । म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गर्नुभएको छ । रासस
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads