search

ठगी गरेको आरोपमा तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठगीको आरोपमा वीरगंजका तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
सूर्य नेपालको कर्मचारी भएको झूटो दाबी गर्दै ठगी गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका २४ का २८ वर्षीय राजु सर्राफ, वडा नं. १९ का ४० वर्षीय रामराउत कुर्मी, र वीरगंज ३२ टेढा घर भई हाल हेटौंडा उपमहानगरपालिका १० टिसनरोड बस्ने ४० वर्षीय नितेशकुमार केशरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जनाएका छन् ।
उनीहरूले आफूलाई सूर्य नेपाल प्रा.लि.का कर्मचारीका रूपमा परिचय दिंदै हेटौंडाका व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र नक्कली बैंक भौचर तयार गरी व्हाट्सएपमार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। व्यवसायीहरूले ती भौचर हेरेर सामान वीरगंज पठाएपछि मात्र भुक्तानी नआएको र आफूहरू ठगीमा परेको थाहा पाएका थिए। पक्राउ परेकामाथि जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेकाहरूले विभिन्न समयमा करीब रू. १७ लाख ८७ हजार बराबरका सामान ठगी गरेका छन ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads