search

मधेश प्रदेश सभाका पाँच सांसद पद मुक्त 

पढ्न छुटाउनुभयो ?

वीरगंज कात्तिक २७ — मधेश प्रदेशसभाले पाँच जना सांसदको पद रिक्त घोषणा गरेको छ। प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै संविधानको धारा १८२(६)(क) बमोजिम लगातार १० बैठकमा अनुपस्थित रहेकाले ती सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको हो।प्रदेशसभा सचिवालयका अनुसार पद रिक्त हुने सांसदहरूमा उर्मिला देवी सिंह , मनीष कुमार सुमन, सञ्जय कुमार यादव ,सिंहासन सा कलवार , सारदा शंकर प्रसाद कलवार समावेश छन्। सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, “नेपालको संविधानको धारा १८२(६)(क) तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७४ को नियम १८५ बमोजिम लगातार १० बैठकमा अनुपस्थित रहँदा सांसद पद स्वतः रिक्त हुने व्यवस्थाअनुसार सूचना प्रकाशित गरिएको हो।” सचिवालयका अनुसार यी सांसदहरू प्रदेशसभा बैठकमा लामो समयदेखि अनुपस्थित रहँदै आएका थिए। पद रिक्त भएपछि अब सम्बन्धित दलले नयाँ सदस्य सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads